नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-11-17
  • 19:50:15
  • मंगलबार,मंसिर ०२, २०८३
  • नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत

    नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री महत

    काठमाडौं- नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।

    शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्।

    अहिले नयाँ-नयाँ प्रवृत्ति आइरहेको उनको भनाइ छ। ‘यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौं भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने।

    यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।