सावित्राको गोलसँगै नेपाल-बंगलादेशबीचको खेल बराबरी - Chaitanya News
  • 2026-06-06
  • 17:26:18
  • शनिबार,जेठ २३, २०८३
  • सावित्राको गोलसँगै नेपाल-बंगलादेशबीचको खेल बराबरी

    सावित्राको गोलसँगै नेपाल-बंगलादेशबीचको खेल बराबरी

    काठमाडौं- बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ।

    ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले १–१ गोलको बराबरी खेलेका हुन्।

    दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।

    खेलको ६५औं मिनेटमा कप्तान सविना खातुनको गोलसँगै बंगलादेशले अग्रता लिएको थियो । खेल सकिनै लाग्दा भण्डारीले नेपालका लागि गोल गरेकी हुन्। इन्जुरी समयमा गरेको भण्डारीको गोलले पहिलो खेल बराबरीमा रोकेको हो।

    मैत्रीपूर्ण प्रतिस्पर्धा अन्तर्गत नेपालले दोस्रो खेलमा आइतबार बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।