८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ? - Chaitanya News
  • 2026-05-26
  • 06:20:47
  • मंगलबार,जेठ १२, २०८३
  • ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

    यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।