काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पशुपति आर्यघाट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन।
दाहालको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो। सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालकोे निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन।
दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुग्नुभएको थियो।