राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा सीता दाहालको अन्तीम संस्कार, प्रचण्डले दिए दागबत्ती - Chaitanya News
  • 2026-11-17
  • 18:50:14
  • मंगलबार,मंसिर ०२, २०८३
  • राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा सीता दाहालको अन्तीम संस्कार, प्रचण्डले दिए दागबत्ती

    राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा सीता दाहालको अन्तीम संस्कार, प्रचण्डले दिए दागबत्ती

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तीम संस्कार गरिएको छ। बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो। दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए।

    पत्नी दाहाललाई उनका पती पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका थिए।

    अन्त्येष्टिमा क्याबिनेटका मन्त्रीहरूसहित राजनीतिक दलका शीर्ष नेताहरू सहभागि थिए। शीर्ष नेताहरूले फूलमाला अर्पण गरी श्रदासुमन व्यक्त गरेका थिए।

    अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।