कृषि मन्त्रालयका शाखा अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-11-17
  • 18:50:59
  • मंगलबार,मंसिर ०२, २०८३
  • कृषि मन्त्रालयका शाखा अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    कृषि मन्त्रालयका शाखा अधिकृत झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ– सहकारीको आयमूलक तालिमको नाममा अनियमित तरिकाले रकम भुक्तानी लिइ भ्रष्टाचार गरेको अभियोगमा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झाले आर्थिक वर्ष २०७८–०७९ मा मधेश प्रदेशका आठवटै जिल्लामा सहकारी सम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नको लागि पेश्की लिई कार्यक्रम संचालन गर्दा तालिममा खर्च भएको भन्दा बढी रकमको बिल पेश गरेको पुष्टि भएको अख्तियारको भनाइ छ।

    झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० अनुसार कसुरजन्य कार्य भएकोले सात लाख एक हजार तीन सय असी रुपैयाँ बिगो मागदाबी लिएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

    साथै, नैंशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मतियारको रुपमा अख्तियारले मुद्दा दायर गरेको छ। प्रतिवादी ओम नारायण झालाई गैरकानुनी लाभ पुर्‍याउने र सरकारलाई गैरकानूनी हानि पुर्‍याउने कार्यमा सहयोग गरेको देखिएकाले बिगो तीन लाख अठ्सठी हजार आठ सय असी रुपैयाँ कायम गरी आरोपपत्र दायर गरिएको थपलियाले जानकारी दिए।