मनाङ एयरको हेलिकप्टर दुर्घटना भएर ज्यान गुमाएका सबै शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिंदै - Chaitanya News
  • 2026-11-17
  • 18:31:01
  • मंगलबार,मंसिर ०२, २०८३
  • मनाङ एयरको हेलिकप्टर दुर्घटना भएर ज्यान गुमाएका सबै शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिंदै

    मनाङ एयरको हेलिकप्टर दुर्घटना भएर ज्यान गुमाएका सबै शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिंदै

    काठमाडौं– मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ।

    त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ। सुरुमा ४ जनाको शव ल्याइएको थियो। दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ।

    मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ। यात्रु सबै मेक्सिकन नागरिक हुन्। उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए।