स्वास्थ्यका कर्मचारी साउन १ देखि काज फिर्ता हुनुपर्ने - Chaitanya News
  • 2026-11-17
  • 17:57:09
  • मंगलबार,मंसिर ०२, २०८३
  • स्वास्थ्यका कर्मचारी साउन १ देखि काज फिर्ता हुनुपर्ने

    स्वास्थ्यका कर्मचारी साउन १ देखि काज फिर्ता हुनुपर्ने

    काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा काजमा रहेका कर्मचरीलाई आउँदो साउन १ गतेदेखि अनिवार्य फिर्ता हुन निर्देशन दिएको छ । सबै स्थानीय तहहरूमा मन्त्रीस्तरीय निर्णय ‘सर्कुलर’ गर्दै दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई साउन १ गतेभित्र फिर्ता गर्न निर्देशन दिइएको हो ।

    यस्तै, समायोजनका क्रममा फाजिलामा रहेका र समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकताअनुसार कामकाजमा खटाउने भएको छ ।

    मन्त्रालयले यसबीचमा पुल दरबन्दीमा रहेका कर्मचारीलाई पनि स्वास्थ्य परीक्षण गराई उपयुक्त निकायमा कामकाजमा खटाउन निर्देशन दिएको छ ।