काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ।
ललिता निवास प्रकरणमा मुछिएका राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राउतलाई अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। राउत काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
ललिता निवास जग्गा हिनामिनामा मुछिएका राउत विरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।
यसअघि आज मात्रै समरजंग कम्पनीका पूर्व प्रमुख लोकहरि घिमिरे र नापी कार्यालयका तत्कालीन सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको थियो। अहिलेसम्म ललिता निवास प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्।