ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ - Chaitanya News
  • 2026-11-17
  • 17:25:12
  • मंगलबार,मंसिर ०२, २०८३
  • ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

    ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

    काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजङ्ग कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन्।

    सरकारी जग्गा हिनामिना गरिएको आरोपमा उनीहरू आइतबार काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।

    प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत ११ जनालाई पक्राउ गरेको छ।

    प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।