दैनिक रुपमा भएका सडक दुर्घटना प्रति ओलीको चिन्ता, भन्छन्- अनुसन्धान जरुरी देखियो - Chaitanya News
  • 2026-11-17
  • 17:15:03
  • मंगलबार,मंसिर ०२, २०८३
  • दैनिक रुपमा भएका सडक दुर्घटना प्रति ओलीको चिन्ता, भन्छन्- अनुसन्धान जरुरी देखियो

    दैनिक रुपमा भएका सडक दुर्घटना प्रति ओलीको चिन्ता, भन्छन्- अनुसन्धान जरुरी देखियो

    काठमाडौं-  दैनिक रुपमा भएका सडक दुर्घटना प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिन्ता ब्यक्त गरेका छन् ।

    दैनिक रुपमा औसत ६ जनाले सडक दुर्घटनामा ज्यान गुमाउन थाले पछि एमाले अध्यक्ष ओलीले यसवारेमा अध्ययन अनुसन्धान गर्नुपर्ने पनि जनाएका छन् ।

    ‘पछिल्लो तीन महीना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरु हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन्,’ ओलीले भनेका छन, ‘यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’