जसपाले जलायो राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला - Chaitanya News
  • 2026-04-18
  • 02:43:54
  • शुक्रबार,बैशाख ०४, २०८३
  • जसपाले जलायो राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला

    जसपाले जलायो राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला

    जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) ले सिरहा सदरमुकाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ।

    नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जसपा सिरहाले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो।

    सिरहा सदरमुकामको विभिन्न भागमा जसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध नारा जुलुस प्रदर्शन गरे। नारा जुलुस पश्चात् राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएको छ।

    जसपा मधेस समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज राष्ट्रपति भण्डारीको पुत्ला जलाएको जसपा सिरहाका नेता राकेश गुप्ता ‘रोषण’ले बताएका छन्।

    जसपा मधेस समितिको आह्वानमा मधेसका अन्य जिल्लाहरूमा पनि राष्ट्रपति भण्डारीको कदमविरुद्ध प्रदर्शन तथा उनको पुत्ला जलाइएको छ।