काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका हुन्।
थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन्। माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन।
माओेवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाउने तयारी भए पछि विवाद भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री थिए
थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गरेका थिए। यसको चौतर्फी आलोचना भइरहेको छ।