कोशीमा सुनुवार र जगेवु बने मन्त्री - Chaitanya News
  • 2026-11-17
  • 16:49:41
  • मंगलबार,मंसिर ०२, २०८३
  • कोशीमा सुनुवार र जगेवु बने मन्त्री

    कोशीमा सुनुवार र जगेवु बने मन्त्री

    विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाएका हुन्।

    शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र एसबाट कमल जवेगु मन्त्री भएका छन्। दुवैजना बिना विभागीय मन्त्री बनेका हुन्।

    माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन। बिहीबार मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश प्रमुखबाट शपथ लिएसँगै मन्त्रिमण्डल विस्तार गरेका हुन्।