काठमाडौं- बागमती सरकारले प्रदेश निजामती ऐन कार्यान्वयनमा ल्याएसँगै दुई जना कर्मचारीको बढुवा गरेको छ।
बुधबार बसेको बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती ऐन, २०७९ कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो। यससँगै प्रदेश सरकारले पहिलो पटक प्रदेश ऐनको दफा १५ को उपदफा १ बमोजिम दुई जना कर्मचारीलाई बढुवा गरेको बागमती प्रदेशका प्रदेश प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार अन्तर्गत कार्यरत डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई बढुवा गरेको छ। डा. लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गरिएको छ।