काठमाडौंका सिडिओ बने जितेन्द्र बस्नेत - Chaitanya News
  • 2026-11-17
  • 16:37:52
  • मंगलबार,मंसिर ०२, २०८३
  • काठमाडौंका सिडिओ बने जितेन्द्र बस्नेत

    काठमाडौंका सिडिओ बने जितेन्द्र बस्नेत

    काठमाडौं- काठमाडौंको प्रमुख जिल्ला अधिकारीको रुपमा जितेन्द्र बस्नेत आएका छन्। यसअघि बस्नेत गृह मन्त्रालयमा प्रवक्ताका रूपमा कार्यरत रहेकोमा उनलाई काठमाडौंको सिडिओका रुपमा सरुवा गरिएको हो।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेकोमा मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो।

    यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन‍्।