१) धुमकेतुको खोज गर्ने वैज्ञानिक को हुन्?
A) बज एल्ड्रिन B) माइकल कोलिन्स C) एडमण्ड हेली D) भ्यालेन्तिना तेरेस्कोभा
२) दक्षिणी धु्रवीय महासागरको नामले चिनिने महासागर कुन हो?
A) कुमेरु महासागर B) सुमेरु महासागर C) हिन्द महासागर D) प्रशान्त महासागर
३) १ डिग्री अक्षांश रेखा बराबर कति दूरीको फरक पर्दछ?
A) ११० कि.मि B) १११ कि.मि C)११२ कि.मि D)११३ कि.मि
४) तलका भनाई विचार गर्नुहोस्।
A) समुद्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ।
B) हिन्द महासागर एसियाको दक्षिणमा अवस्थित छ।
C) हिन्द महासागरलाई तेलको महासागर उपनामले चिनिन्छ।
D) हिन्द महासागरको सबैभन्दा गहिरो भाग जाभा ट्रेन्च हो।
माथिका भनाईका आधारमा सही उत्तर छनौट गर्नुहोस्।
A) सबै ठीक B) A, B, C गलत D सही C) B गलत A, C, D ठीक D) D गलत A, B, C ठीक
५) ताल्चा विमानस्थल मुगु जिल्लामा छ भने तुम्लिङटार विमानस्थल कुन जिल्लामा रहेको छ?
A) मुस्ताङ B)झापा C) कैलाली D) संखुवासभा
६) सगरमाथा आरोहणका सम्बन्धमा तलका भनाई विचार गर्नुहोस्।
A) सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने महिला नेपालकी लाक्पा शेर्पा हुन्।
B) लाक्पा शेर्र्पाले वि.सं. २०७६ जेठसम्ममा सगरमाथाको १२ पटक आरोहण गरिसकेका छन्।
C) सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही कामीरिता शेर्पा हुन्।
D) कामीरिता शेर्पाले वि.सं. २०७६ जेठ १६ गते सगरमाथको २४ औं पटक सफल आरोहण गरेका थिए।
माथिका भनाईहरुमध्ये कुन सही हो?
A) सबै सही B) A, B, C मात्र C) A, C मात्र D) A मात्र
७) जर्मनीले कुन राष्ट्रमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्धको सुरुवात भएको थियो?
A) पोल्याण्ड B)बेलायत C) रुस D) जापान
८) तलका भनाईहरु विचार गर्नुहोस्।
A) बेलायती कपडा उद्योगलाई वहिस्कार गर्ने उद्देश्यले सञ्चालित आन्दोलन चर्खा आन्दोलन हो।
B) अंग्रेज सरकारले भारतमा नुन ऐन १९२५ मा जारी गरेको थियो।
C) यहुदीहरुलाई समाप्त गर्न नाजी जर्मनीले चलाएको गोप्य अभियानलाई Final Solution को नाम दिईएको थियो।
माथिका भनाईहरुमा गलत भनाई कुन हो?
A) Aमात्र B) B मात्र C) C मात्र D) B र C गलत
९) काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो?
A) वि.सं. २०१४ जेठ १६ B) वि.सं. २०१४ जेठ १७ C) वि.सं. २०१४ जेठ १८ D) वि.सं. २०१४ जेठ १९
१०) समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्।
समूह I समूह II
A. स्वामी महाराज 1. श्रीनिवास मल्ल
B. कवीन्द्र 2. जुद्ध शमशेर
C. राजर्षी महाराज 3. प्रताप मल्ल
D. नेपालेश्वर 4. रणबहादुर शाह
A. A-4, B-3, C-2, D-1 B. A-4, B-3, C-1, D-2 C. A-3, B-4, C-2, D-1 D. A-4, B-2, C-3, D-1
११) कविवर माधवप्रसाद घिमिरेलाई कहिले राष्ट्रकविको उपाधि प्रदान गरियो?
A. वि.सं. २०६० असोज ९ B. वि.सं. २०६० असोज १०
C. वि.सं. २०६० असोज ११ D. वि.सं. २०६० असोज १२
१२) तलका भनाई विचार गर्नुहोस्।
A) राउटेले बोल्ने भाषालाई खाम्ची भनिन्छ।
B) नोबेल पुरस्कारका लागि नेपालबाट सिफारिस भएका व्यक्ति मदन कुमार भण्डारी हुन्।
C) थारु जातिले लगाउने काठको जुत्तालाई पोलो भनिन्छ।
D) शेर्पा जातीले लगाउने परम्परागत जुत्तालाई दोचा भनिन्छ।
माथिका भनाईहरुमध्ये गलत भनाई कुन हो?
A) Aगलत B) B गलत C) C गलत D) D गलत
१३) २० धारासहित मानव अधिकारको विश्वव्यापी घोषणापत्र ग्ल्इ को महासभाले कहिले पारित गर्यो?
A. 1948 Dec 10 B. 1948 Dec 11 C. 1948 Dec 12 D. 1948 Dec 13
१४) निजामती सेवाको उच्चतम पद कुन हो?
A)सह सचिव B) उपसचिव C) सचिव D) मुख्य सचिव
१५) नेपालमा सर्वप्रथम सुशासनको अवधारणा कुन योजनादेखि अगाडि सारिएको हो?
A) ८औं योजना B) ९औं योजना C) १० औं योजना D) ११औं योजना