काठमाडौं- लोकसेवा आयोग केन्द्रीय कार्यालय, कमलपोखरीले सशस्त्र प्रहरी बल नेपालको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षकको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा १८ सय ९ जना सम्मिलित रहेकोमा माग पद संख्या १ सय ३६ जना रहेको थियो। जसमा १ सय ६२ जना छनोट भएका छन्।
सम्मिलित उम्मेदवारहरू मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएकाले परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका हुन्।
सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजात र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७(सात)दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ।
आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ। सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ।

