नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप - Chaitanya News
  • 2026-05-03
  • 09:19:40
  • आइतबार,बैशाख २०, २०८३
  • नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

    नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप

    काठमाडौँ– महिलाको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ ।

    नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए ।

    सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

    महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।

    एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।