कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि - Chaitanya News
  • 2026-10-04
  • 03:00:32
  • शनिबार,आश्विन १७, २०८३
  • कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

    काठमाडौँ – १४ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

    घरेलु टोली भारतले मंगलबार रातिको रोमाञ्चक फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधि चुमेको हो ।

    निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अन्ततः पेनाल्टी सुटआउटमा भारतले बाजी मार्‍यो ।

    भारतले नवौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।