लोकसेवा उपयोगी सामग्री [७५] - Chaitanya News
  • 2026-06-05
  • 18:13:10
  • शुक्रबार,जेठ २२, २०८३
  • १. टेनिन नामक तत्व केमा पाईन्छ?

    A) सुन्तला B) सुर्ती C) कफि D) चिया

    २. कुन दिनलाई विश्व भन्सार दिवसको रुपमा मनाइन्छ?

    A) जनवरी २७ B) जनवरी २६ C) जनवरी २८ D) जनवरी २९

    ३. नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो?

    A) तीनजुरे डाँडा B) शैलुङ C) ट्याम्के D) गार्वा

    ४. हालसालै नेपालको कुन स्थानलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएकोछ?

    A) भक्तपुर, दरवार क्षेत्र B) पाटन, दरबार क्षेत्र C) सिन्धुलीगढ क्षेत्र, सिन्धुली D) तिलौराकोट, कपिलबस्तु क्षेत्र

    ५. सार्क सम्बन्धमा तलका भनाई विचार गर्नूहोस्।

    १. सार्कमा जम्मा ८ मुलुक छन्।
    २. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र प्रधानमन्त्री राजीव गान्धी हुन्।
    ३. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभुमि थार मरुभूमि हो। ठूलो देश भारत हो।

    A) सबै ठीक B) १ र २ ठिक ३ बेठिक C) २ र ३ ठिक १ बेठिक D) १ ठिक २ र ३ बेठिक

    ६. नेपालमा कति प्रजातिका लालीगुँरासहरू पाइन्छन्?

    A) ३२ B) ३३ C) ३१ D) ३०

    ७. तलका भनाइका सम्बन्धमा विचार गर्नुहोस्।

    १. नेपाल र सोभियत युनियनबिच सन् १९५६ जुलाई २० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।
    २. नेपालको तर्फबाट राजा महेन्द्रले सन् १९६० मा सोभियत युनियनको राजकिय भ्रमण गरेका थिए।
    ३. रसियाका राष्ट्रपति ःबचकजब िख्यचयकजष्यिख ले सन् १९६२ मा नेपालको भ्रमण गरेका थिए।
    ४. पनौति जलविद्युत आयोजन रुसको सहयोगमा निर्माण भएको हो।

    माथिको कुन भनाई गलत छ

    A) १ र २ मात्र B) २ र ३ मात्र C) ३ र ४ मात्र D) १ र ४ मात्र

    ८. निम्न मध्ये कुन पदको नियुक्तिका लागि संसदीय सुनुवाई प्रकिया पुरा गर्न आवश्यक छैन?

    A) सर्वोच्च अदालतको न्यायाधीश B) नेपाली राजदुत C) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष D) महालेखा परिक्षक

    ९. ल्होत्से हिमालको उचाई कति छ?

    A) ८४१६ मि. B) ८६१६ मि. C) ७५१६ मि. D) ८५१६ मि.

    १०. क्षेत्रफलको हिसाबले तेस्रो ठूलो महादेश कुन हो?

    A) उत्तर अमेरिका B) दक्षिण अमेरिका C) एसिया D) युरोप

    ११. विचार गर्नुहोस्।

    १. प्रदेश सभा सदस्यको उम्मेदवार बन्न सम्बन्धित प्रदेशको मतदाता नामावलीमा नाम हुनुपर्दछ।
    २. प्रदेश सभा सदस्यको उम्मेदवार बन्न न्युनतम उमेर हद २१ वर्ष तोकिएको छ।
    ३. प्रदेश सभाको कुनै सदस्यको अयोग्यता सम्बन्धि प्रश्न उठेमा त्यसको निर्णय उच्च अदालतको पूर्ण इजलासले गर्दछ,

    A) १ र २ मात्र ठीक B) १ मात्र ठीक C) ३ मात्र ठीक D) सबै ठीक

    १२. नेपालको संविधान अनुसार संवैधानिक परिषद्मा तलका कुन सदस्य रहन्छन?

    A) प्रधानमन्त्री B) प्रधानन्यायाधिश C) प्रतिनिधि सभाको सभामुख D) माथिका सबै

    १३. नेपालको संविधानमा प्रतिनिधिसभाको सम्बन्धमा भएको व्यवस्था कुन सही छ।

    A) प्रतिनिधि सभामा २७५ सदस्यको व्यवस्था गरिएको छ।
    B) प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ।
    C) प्रतिनिधि सभामा एक तिहाई महिलाको प्रतिनिधित्व हुने व्यवस्था छ।
    D) माथिका सबै

    १४. साप्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो?

    A) बंगलादेश B) भारत C) नेपाल D) भुटान

    १५. Das Capital लेखक को हुन्?

    A) माओत्सेतुङ B) कार्लमाक्र्स C) फ्रेडरिक एंगेल्स D) चे ग्वेभारा

    १५. अतिकतम विकसित राष्ट्रका बारेमा तलको भनाई विचार गर्नुहोस्।

    १. विश्वमा अतिकतम विकसित राष्ट्रको संख्या ४९ छ।
    २. सबैभन्दा पछाडी LDCs मा सामवेश राष्ट्र दक्षिणी सुडान हो।
    ३. एशिया महादेशबाट ७ राष्ट्र LDCs मा समावेश छन्।
    ४. नेपालले सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नती हुने लक्ष्य राखेको थियो।

    A) २,४ सही १, ३ गलत B) १,२,३ सही ४ गलत C) १,२,४ सही २ गलत D) १,२,४ सही १ गलत

    (लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100