नरेनको शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 17:25:03
  • शनिबार,जेठ २३, २०८३
  • नरेनको शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य

    नरेनको शतकमा उपाधि जित्न नेपालले मलेसियालाई दियो २५३ रनको बलियो लक्ष्य

    काठमाडौँ –  एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । नरेन भट्टको शतकमा नेपालले मलेसियालाई बलियो लक्ष्य दिएको हो ।

    भट्टले ८९ बलमा ११२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी पनि हुन् । बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो ।

    नेपालका निरजकुमार यादवले ४७ रन जोडे । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै र मलेसिया हङकङलाई ७८ रनले हराउँदै फाइनल पुगेका हुन् ।

    आज मलेसियालाई हराउन सकेमा नेपालले लगातार तेस्रो पटक उपाधि जित्नेछ । यसअघि नेपालले सन् २०१७ र २०१९ मा उपाधि जितेको थियो ।