हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेशमा निषेध - Chaitanya News
  • 2026-11-17
  • 16:37:32
  • मंगलबार,मंसिर ०२, २०८३
  • हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेशमा निषेध

    हनुमानढोका परिसरभित्र सवारी साधन प्रवेशमा निषेध

    काठमाडौं- काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाकि सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हनुमानढोका परिसरभित्र सवारी साधनलाई निषेध गरेको बताएका हुन्।

    बालेनले काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण भएको हुँदा उक्त गरिमा जोगाउन लागेको बताएका छन्। उनले लेखेका छन्, ‘काठमाडौं मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदा हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्। वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ। यीनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ।’