परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै - Chaitanya News
  • 2026-11-17
  • 16:37:02
  • मंगलबार,मंसिर ०२, २०८३
  • परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

    परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

    काठमाडौं –  परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन आज (मंगलबार) त्यसतर्फ जाँदैछन् ।

    अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । उनी असार २३ गते स्वदेश फर्कने छन् ।