विश्वकप छनोट: जिम्बावेले दियो ओमानलाई ३ सय ३३ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-06
  • 15:44:05
  • शनिबार,जेठ २३, २०८३
  • विश्वकप छनोट: जिम्बावेले दियो ओमानलाई ३ सय ३३ रनको लक्ष्य

    विश्वकप छनोट: जिम्बावेले दियो ओमानलाई ३ सय ३३ रनको लक्ष्य

    काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सुपर सिक्सु को खेलमा जिम्बावेले ओमानलाई ३ सय ३३ रनको लक्ष्य दिएको छ।

    घरेलु मैदान क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनायो। जिम्बावेका सेन विलियम्सले शतक बनाए। उनी १ सय ३ बलमा १ सय ४२ रन बनाएर आउट भए। यस्तै लुक जोङ्वीले ४३ र सिकन्दर राजाले ४२ रन बनाए। बलिङतर्फ ओमानका फय्यज बटले ४ विकेट लिए।

    विश्वकप छनोटमा आज बिहीवारदेखि ुसुपर सिक्सु खेलहरू सुरु भएको हो। सुपर सिक्सु का शीर्ष दुई टोलीले आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।