मुग्लिन सडकको तुइनखोला नजिक ढुंगा खस्दा बाटो बन्द - Chaitanya News
  • 2026-11-18
  • 12:11:05
  • बुधबार,मंसिर ०३, २०८३
  • मुग्लिन सडकको तुइनखोला नजिक ढुंगा खस्दा बाटो बन्द

    मुग्लिन सडकको तुइनखोला नजिक ढुंगा खस्दा बाटो बन्द

    चितवन — नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक पहाड माथिबाट बुधबार रातिदेखि ढुंगा खस्दा पटक पटक बाटो अवरूद्ध भएको छ। बिहीबार दिउँसो १ बजेर ५ मिनेट जाँदा पहाड माथिबाट ढुंगा खस्न सुरू भएपछि दुवै तर्फबाट बन्द छ।

    यसअघि ढुंगा सडकमा आएर बजारिन थालेपछि बिहानपख एक घन्टाजति बाटो अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    सडकमा खसेको पहिरो ठूलो त छैन । तर अग्लो ठाउँबाट ढुंगा र गेग्रान झरेका कारण सफा गर्न पनि समस्या भएको प्रहरीले जनायो।