नेपाल घरेलु तथा साना महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन - Chaitanya News
  • 2026-11-18
  • 12:11:10
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपाल घरेलु तथा साना महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

    नेपाल घरेलु तथा साना महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

    काठमाडौँ– नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेशकुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधबारका दिन देहावसान भएको छ।

    तत्कालीन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ वि।सं। २०५३ साल असार देखि २०५५ साल पुस महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहेका थिए।

    महासंघको विकास र प्रगतिका लागि खटिएका उनको सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरुको औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको थियो। विराटनगरमा स्थायी बसोबास रहेको उनकै नेतृत्वमा महासंघको सातौं वार्षिकोत्सव आयोजना भएको थियो।

    उनको नेतृत्वमा तत्कालीन अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिबृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुको पक्षमा व्यापक कार्यक्रमहरु सञ्चालन भएका थिए भने महासंघलाई देश विदेशमा परिचित गराउन समेत उनको नेतृत्व सफल भएको थियो।

    उनको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए।

    उनको सम्मानमा असार १५ गते शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरु एक दिनका लागि बन्द गरिने र महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ।