ललिता निवास जग्गा प्रकरण : थप एक जना पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 11:43:08
  • बुधबार,मंसिर ०३, २०८३
  • ललिता निवास जग्गा प्रकरण : थप एक जना पक्राउ

    ललिता निवास जग्गा प्रकरण : थप एक जना पक्राउ

    काठमाडौं– ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो।

    सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ।