११ मा भर्ना गरिने विद्यार्थीहरूसँग शुल्क लिनेबारे प्रस्ताव पेस गर्न काठमाडौं महानगरको आग्रह - Chaitanya News
  • 2026-05-03
  • 00:53:35
  • शनिबार,बैशाख १९, २०८३
  • ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग शुल्क लिनेबारे प्रस्ताव पेस गर्न काठमाडौं महानगरको आग्रह

    ११ मा भर्ना गरिने विद्यार्थीहरूसँग शुल्क लिनेबारे प्रस्ताव पेस गर्न काठमाडौं महानगरको आग्रह

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कक्षा–११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के–के शीर्षकमा कति शुल्क लिने भन्नेबारे शुल्क प्रस्ताव पठाउन आग्रह गरेका छन्।

    उनले सामाजिक सञ्जालमार्फत शुल्क प्रस्ताव यही असार मसान्तभित्र महानगरको शिक्षा विभागमा पठाउन आग्रह गरेका हुन्।

    उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सबै संस्थागत (निजी) विद्यालयहरुले शैक्षिक सत्र २०८०–०८१ मा कक्षा–११ मा भर्ना गरिने विद्यार्थीहरूसँग के(के शीर्षकमा के कति शुल्क लिने हो?काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति २०८० आषाढ मसान्तभित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं।’

    महानगरपालिकाले यसअघि पनि शुल्क प्रस्ताव पेश गर्न सार्वजनिक सूचना नै जारी गरिसकेको छ।