सिम्ता गाउँपालिकाले ल्यायो ५८ करोड १७ लाखको बजेट - Chaitanya News
  • 2026-05-02
  • 20:59:26
  • शनिबार,बैशाख १९, २०८३
  • सिम्ता गाउँपालिकाले ल्यायो ५८ करोड १७ लाखको बजेट

    सिम्ता गाउँपालिकाले ल्यायो ५८ करोड १७ लाखको बजेट

    सुर्खेत– सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ। गाउँपालिकाको गाउँसभा १३ औं अधिवेशनले आगामी आर्थिक वर्षको लागि कूल ५८ करोड १७ लाख ७० हजार ७०३ रुपैयाँ विनियोजन गरेको जनाएको छ।

    विनियोजित बजेटको चालु तर्फ ३९ करोड ८९ लाख ४ हजार ३ रुपैयाँ र पुँजीगततर्फ १८ करोड १७ लाख ६६,००० छुट्याइएको छ।

    गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन्।

    सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ(आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन्।

    गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गर्दै विशेष प्राथमिकतामा राखेको छ। गाउँपालिकाले वृहत फलफूल खेति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ।