सेयर बजार दोहोरो अङ्कले बढ्यो, पाँच अर्ब ३१ करोड रुपैयाँको कारोबार - Chaitanya News
  • 2026-05-02
  • 19:57:15
  • शनिबार,बैशाख १९, २०८३
  • सेयर बजार दोहोरो अङ्कले बढ्यो, पाँच अर्ब ३१ करोड रुपैयाँको कारोबार

    सेयर बजार दोहोरो अङ्कले बढ्यो, पाँच अर्ब ३१ करोड रुपैयाँको कारोबार

    काठमाडौं – हिजो आइतवार ६२ अङ्कले बढेको सेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६९ अङ्कले बढेर दुई हजार एक सय २९ दशमलव ४२ विन्दुमा पुगेको छ।

    आज जलविद्युत्, बीमा, अन्य र व्यापार समूहको सेयर घटेको छ भने अरू सबै समूहको शेयर सामान्य बढेको छ। बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ। हिजो साढे छ अर्ब रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७९ वटा कम्पनीका एक करोड १९ लाख तीन हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड २४ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको ४२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै हिमालय लाइफ इन्सुरेन्स, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल र सिभिल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर झन्डै सात प्रतिशत र विन नेपाल लघुवित्तको शेयर छ प्रतिशतले घटेको छ।