७ सय बढी स्थानीय तहले ल्याए बजेट: पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता - Chaitanya News
  • 2026-05-02
  • 19:58:28
  • शनिबार,बैशाख १९, २०८३
  • ७ सय बढी स्थानीय तहले ल्याए बजेट: पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता

    ७ सय बढी स्थानीय तहले ल्याए बजेट: पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता

    काठमाडौं –  देशभरका ७ सयभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्र्यक्रमसहित आइतबार बजेट सार्वजनिक गरेको छ ।

    नीति तथा कार्यक्रममाथि दुई, तीन अघिदेखि छलफल शुरू गरेका स्थानीय तहले पनि हिजो नै बजेट सार्वजनिक गरेका हुन् । सम्बन्धित स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष नीति तथा कार्यक्रम वाचन गरेका थिए । अधिकांश पूर्वाधार, वातावरणदेखि सरसफाइ र नगर र वडास्तरीय गौरव योजनालाई समेटिएको छ ।

    स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेट असार १० गतेभित्रमा कार्यपालिकाबाट स्वीकृति गराई नगरसभामा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।