पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोडको बजेट - Chaitanya News
  • 2026-05-02
  • 19:57:15
  • शनिबार,बैशाख १९, २०८३
  • पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोडको बजेट

    पोखरा महानगरपालिकाले ल्यायो ७ अर्ब १५ करोडको बजेट

    काठमाडौँ–पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। महानगरले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कूल ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो।

    यो चालु आर्थिक वर्षको भन्दा १८.५२ प्रतिशतले कम हो। चालु आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। बजेट व्यहोर्ने स्रोत आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान समेत घटेकाले बजेट घटाउनु परेको महानगरपालिकाले जनाएको छ।