सेयर बजार ६२.२१ अंकले बढ्यो - Chaitanya News
  • 2026-05-02
  • 19:57:34
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौ– सेयर बजार ६२.२१ अंकले बढेको छ। नेप्से सूचकले आइतबार आमलागनीकर्ताका लागि मनोवैज्ञानिक प्रभाव पार्ने २१ सय विन्दुलाई पार गरेर बन्द भएको छ।

    नेप्से सूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ। ६ अर्ब ४९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम विगत ६ महिनायताकै उच्च हो। पछिल्लो समय लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ। आइतबार बिमा समूहमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ।

    यस दिन २७५ कम्पनीको १ करोड ४७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ। ४ वटा कम्पनीको सेयर भाउउ १० प्रतिशतले बढेको छ। शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४९ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसैगरी, दोस्रोमा सोल्टी होटलको ३८ करोड ९० लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिस्टिलरीको २४ करोड ३८ लाख रुपैयाँको सेयरकिनबेच भएको छ।