त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३४ लाखको बजेट - Chaitanya News
  • 2026-05-02
  • 19:58:28
  • शनिबार,बैशाख १९, २०८३
  • त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३४ लाखको बजेट

    त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब ४७ करोड ३४ लाखको बजेट

    उदयपुर — उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन्। ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

    नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको सम्मानयुक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवाप्रवाह, नीतिगत तथा संस्थागत क्षमता विकास, स्रोत साधनको समुचित व्यवस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारीलगायतका विषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बसन्त बस्नेतले बताए।

    त्यसैलाई आत्मासाथ गर्दै आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याइएको प्रमुख बस्नेत बताउँछन्। नीति तथा कार्यक्रममा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पादन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा विषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको छ।

    लैंगिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा संवर्द्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम ल्याइएको उनले उल्लेख गरे।