काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउनमा मात्रै केन्द्रित हुन नहुने बताएका छन्।
चार दलको मोर्चा घोषणा कार्यक्रममा खनालले सत्ता टिकाउने भन्दा सम्पूर्ण परिवर्तनशील दलबीचको एकताले मात्रै मोर्चाको उद्देश्य पूरा हुने बताएका हुन्।
‘यो मोर्चा निर्माणको पहिलो पाइला हो। देशभक्त, वामपन्थी, समाजवादी र परिवर्तनशीहरूलाई एकताबद्ध नबनाएसम्म हाम्रो लक्ष्य पूरा हुँदैन,’ खनालले भने, ‘यसलाई अझै विस्तार गर्नुपर्छ। यो मोर्चा सत्तालाई टिकाउने मात्रै नबनोस्। आमूल परिवर्तनको मोर्चा बनोस्। सम्पूर्ण वाम शक्तिलाई एउटै बनाउने गरी मोर्चा अगाडि बढ्नुपर्छ।’