सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, नियमन आवश्यक छ : सांसद गौतम - Chaitanya News
  • 2026-11-16
  • 08:08:23
  • सोमबार,मंसिर ०१, २०८३
  • सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, नियमन आवश्यक छ : सांसद गौतम

    सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, नियमन आवश्यक छ : सांसद गौतम

    काठमाडौँ — नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै त्यसको नियमन गर्नुपर्ने खाँचो रहेको बताएकी छिन्। उनले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरे पनि त्यसको दुरुपयोग बढ्दा नियमनको पाटो भने कमजोर देखिएको बताइन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद गौतमले सामाजिक सञ्जाल र आमसञ्चारले उठाउने विषयले व्यक्तिको गोपनीयताको हकमाथि प्रहार हुन थालेको बताइन्। हाल व्यक्तिगत जीवनका घटनालाई समेत समाचारको विषय बनाउने अभ्यास भइरहेको छ। यसले व्यक्तिको गोपनीयताको हकमाथि प्रहार गर्छ। कतिपय विषयहरु राष्ट्रिय सुरक्षा संवेदनशीलतासँग समेत जोडिएका हुन्छन्,ु उनले भनिन्, सबै विषय सामाजिक सञ्जाल र आमसञ्चारमा छरपस्ट हुनु राम्रो होइन।

    उनले सरकारले नागरिकका व्यक्तिगत सूचनाहरूको संरक्षण गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको बताइन्। राष्ट्रिय परिचयपत्र, बायोमेट्रिक रिपोर्ट, मोबाइल व्यवस्थापन प्रणाली आदिको माध्यमबाट सरकारले नै जनताको व्यक्तिगत विवरण अमुक कम्पनी र संस्थालाई बेचिरहेको छ। यी सबै व्यक्तिगत सूचना प्रणालीलाई खारेज गरी सरकारले आफ्नै नियन्त्रणमा रहनेगरी एकीकृत विवरण संरक्षणको व्यवस्था गर्न आवश्यक छ, उनले भनिन्।

    सांसद गौतमले अहिले नेपालको परराष्ट्र सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने भन्दै नेपालको परराष्ट्रसम्बन्धी नीति दलहरुको न्यूनतम साझ मुद्दाका रूपमा स्थापित हुनुपर्ने बताइन्।