मेयर बालेन शाहलाई कांग्रेस नेताले भने : सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू - Chaitanya News
  • 2026-11-16
  • 08:01:34
  • सोमबार,मंसिर ०१, २०८३
  • मेयर बालेन शाहलाई कांग्रेस नेताले भने : सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू

    मेयर बालेन शाहलाई कांग्रेस नेताले भने : सधैंभरि पपुलिस्ट कुरा चल्दैन, ललितपुरमा सरसफाइ र हरियोपरियो तालिम लिन आउनू

    काठमाडौं– नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले समाजवादी मोर्चा निर्माणले आफ्नो पार्टी नझस्किएको बताएका छन्।
    ‘हाम्रा निम्ति समाजवादी मोर्चा कसरी चुनौती हुने? किनभने त्यसमा गठबन्धनकै दलहरु नै छन्। त्यसले हामीलाई किन झड्का लाग्नुपर् यो?मुलुकमा धेरै पार्टी भएर पनि राजनीतिक स्थिरतामा समस्या आएको हो। सानासाना पार्टीभन्दा ठूलो पार्टी हुनु उपयुक्त हो। अब मोर्चा तेस्रो पार्टी हुन्छ, सरकार चलाउन सहज हुन्छ। यसमा हामी अत्तालिनुपर्ने केही देख्दिनँ।

    समाजवादी मोर्चा निर्माणले गठबन्धन पनि बलियो हुने राणाले ठोकुवा गरे। उनले भने, ‘आज माओवादीले सरकार चलाएको छ, भोलि हाम्रो पार्टीबाट शेरबहादुर देउवाले सरकार चलाउने कुरा छ। पर्सि अर्कोले चलाउला। सातआठवटा पार्टीसँग डिल गर्नुभन्दा दुईतीनवटा पार्टी मिलेर सरकार चलाउनु सहज हुन्छ र गठबन्धन बलियो हुन्छ। कांग्रेस र मोर्चा मिलेपछि बहुमत पनि पुग्छ।

    पुष्पकमल दाहाल प्रचण्डले पाँचै वर्ष सरकार चलाउँछु भनिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रचण्डले कहाँ त्यसो भन्नुभएको छ र? मैले त त्यस्तो सुनेको छैन। पाँच वर्ष चलाउन चाहनुहुन्छ भन्ने पनि उहाँलाई शुभकामना छ। तर अहिलेसम्मको सहमति आलोपालो सरकार चलाउने भन्ने नै हो। त्यो सहमति तोडिन्न भन्ने मलाई लाग्छ। तर नेपाली कांग्रेस धेरै ढिपी गर्दैन।

    कांग्रेसमा पार्टी फुटाउन भनेर कोही नलागेको दाबी पनि उनले गरे। राणाले भने, ‘हो, पार्टीमा एक किसिमको असन्तुष्टि छ। गुटउपगुट छ। यो जहिले पनि हुन्छ। नेतृत्वप्रति चित्त बुझेन भने हामी खुला रुपमा राख्न सक्छौं। कतिपय नेताहरु लक्ष्मणरेखा पार गरेर पनि जान्छन्। कतिपय साथीहरु रुपान्तरण अभियान भनेर लाग्नुभएको छ। कतिपयले नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ। त्यो सबै प्रक्रियामा टेकेर हुने कुरा हो।’
    पार्टी सभापति शेरबहादुर देउवा फर्केपछि केन्द्रीय समिति, नीति अधिवेशन, महासमितिको बैठक चाँडै राख्नुपर्ने राणाले औंल्याए। उनले भने, ‘केन्द्रीय समितिको बैडक बोलाउन ढिलो भएको छ। सबै कुरा पदाधिकारी वा सचिवालयको बैठकबाट चलाएर हुँदैन। शेरबहादुर देउवा फर्केपछि केन्द्रीय समिति, महासमिति बैठक बोलाउनुपर्छ भन्ने मेरो धारणा हो।

    आउने महाधिवेशनमा पार्टीभित्र नयाँ गठबन्धन बन्ने सम्भावना प्रबल रहे पनि देउवा र शेखर कोइरालाबीच समीकरण बनेको कुरा आफूलाई थाहा नभएको पनि राणाले बताए। उनले भने, ‘शेरबहादुर देउवा र शेखर कोइराला भक्तपुर र चितवनको कार्यक्रममा सँगै मञ्चमा बसेकाले अनेक हल्ला चलेको छ। तर अहिले नै त्यस्तो समीकरण बन्यो भन्ने मलाई लाग्दैन। शेखर कोइरालाले एउटै डुंगामा छौं, डुब्ने भनेको सँगसँगै हो भन्नुभएको उचित हो।’ तर महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको धारणा अलि एग्रेसिभ भएको टिप्पणी पनि उनले गरे।

    अर्को प्रसंगमा सांसद राणाले काठमाडौंका मेयर बालेन शाहलाई सधैंभरि पपुलिस्ट कुरा गरेर नबस्न आग्रह गरे। उनले भने, ‘सुरुको दुई(चार महिना पपुलिस्ट कुरा गर्ने, उट्पट्याङ गर्ने, शैक्षिक मेला क्यान्सिल गराउने, सिनेमामा रोक लगाउने कुरा गर्नु ठीकै होला। तर जहिल्यै पपुलिस्ट कुरा गर्ने होइन। काठमाडौंको मुख्य समस्या खानेपानी र सरसफाइ हो। बालेनले ललितपुर महानगरपालिका र गोदावरी नगरपालिका आएर हेरे हुन्छ। हामी सरसफाइ र हरियोपरियो व्यवस्थापन तालिम दिन तयार छौं।