सङ्खुवासभा पुगेर प्रधानमन्त्रीले भने: मेलम्चीमा जस्तै आकस्मिक प्रकोप देखियो - Chaitanya News
  • 2026-11-16
  • 08:01:39
  • सोमबार,मंसिर ०१, २०८३
  • सङ्खुवासभा पुगेर प्रधानमन्त्रीले भने: मेलम्चीमा जस्तै आकस्मिक प्रकोप देखियो

    सङ्खुवासभा पुगेर प्रधानमन्त्रीले भने: मेलम्चीमा जस्तै आकस्मिक प्रकोप देखियो

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारी टोलीले बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ। सोमबार दिउँसो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री सहितको टोली सङ्खुवासभाको तुम्लिङटार पुगेर बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकन गरेको हो। आइतबार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी सङ्खुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए। प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए।

    त्यसक्रममा प्रधानमन्त्रीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा समवेदना, सहानुभूतिका साथै उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा लाग्न जिल्लाका सबै सरकारी संयन्त्रका साथै स्वयंसेवी सङ्घसंस्थालाई समेत अपिल गरे। प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको लागि आवासको व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए।
    ‘म अस्ति मात्र मेलम्ची गएको थियो त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो’ प्रधानमन्त्रीसहितको टोली सोमबार नै काठमाडौँ फर्किएको छ।