नामकरण विवाद: सरकार र पहिचान पक्षधरको वार्ता विनानिष्कर्ष सकियो - Chaitanya News
  • 2026-11-16
  • 08:01:59
  • सोमबार,मंसिर ०१, २०८३
  • नामकरण विवाद: सरकार र पहिचान पक्षधरको वार्ता विनानिष्कर्ष सकियो

    नामकरण विवाद: सरकार र पहिचान पक्षधरको वार्ता विनानिष्कर्ष सकियो

    काठमाडौं– प्रदेशको नामकरणप्रति असन्तुष्ट आन्दोलनरत पहिचानवादी पक्ष र कोशी प्रदेश सरकारबीच पहिलो चरणको वार्ता भएको छ।

    कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र पुनः नामकरण संघर्ष समितिबीच सोमवार बिहान वार्ता भएको वार्ता विनानिष्कर्ष सकिएको हो।
    पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ। विराटनगरको एक होटलमा पाँच घण्टा लामो छलफलमा छिट्टै अर्को वार्ता गर्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक तिलकुमार मेनाङवोले बताए।

    पहिचान पक्षधर वार्ता टोलीका सदस्य कुमार लिङदेनले सकारात्मक छलफल भएको बताए।

    प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेसँगै पहिचानवादी दल तथा संगठनले सरकारविरुद्ध आन्दोलन गरेका थिए।