काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुननसक्ने बताएका छन्।
सोमवारबाट राजधानीमा शुरु भएको टे«ड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुले सम्मान पाउन नसक्ने बताए। गुरुङले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टेड युनियन काँग्रेसले गर्नुपर्ने बताए।
ट्रेड युनियन काँग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताउँदै उनले ‘अब यो मुलुकमा एउटा प्रवृत्तिको जरो हल्लउने काम तपाईंहरुले नै गर्नुपर्छ। त्यो भनेको भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम तपाईंहरुले गर्ने हो। नेपाली राजनीतिमा दुई वर्ग छन्। दुई वटा जीवि छन्। एउटा श्रमजीवि र अर्को परजीवि। परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन सक्दैन्। ट्रेड युनियन काँग्रेसले मागेर होइन, खोसेर अधिकार लिने हो। अब खोस्न अघि बढ्नुस्। आज यो मुलुक भ्रष्ट प्रवृत्तिका कारणले गर्दा बन्न नसकेको हो। भ्रष्ट प्रवृत्ति बदल्न आवश्यक छ।
मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।