काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलले सत्तापक्षले नागरिकता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रक्रियामा प्रश्न उठाएको बताए।
उनले भने, ‘सत्तापक्ष यदि इमान्दार थियो भने जहाँ गएर अड्किएको थियो। त्यहाँ विवाद हुन्छ भन्ने सत्तापक्षलाई थाहा थियो। त्यसलाई अगाडि बढाउन सर्वदलीय बैठक राख्न सकिन्थ्यो कि सकिँदैनथ्यो? तर, भारत भ्रमणमा जानुअघि सुटुक्क प्रमाणीकरण गर्नुपर्ने कारण के थियो? अहिले रोकिएको एमाले, रास्वपा र राप्रपाको कारणले रोकिएको हो? हामीले गएर मुद्दा हालेको हो? तपाईंहरुलाई थाहा थियो। भारत पनि खुशी हुन्छ, नागरिकता नपाएका पनि खुशी हुन्छन् कसै न कसैले अदालतमा उजुरी हालिहाल्छ।
सरकारले समस्याको समाधान चाहेमा संसदमा ल्याएर फास्ट ट्रयाकबाट टुंग्याउन सकिने बताए। उनले नागरिकलाई राजनीतिकरण नगर्न पनि आग्रह गरे।