२०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न हुन्छ : मन्त्री ज्वाला - Chaitanya News
  • 2026-11-16
  • 07:46:52
  • सोमबार,मंसिर ०१, २०८३
  • २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न हुन्छ : मन्त्री ज्वाला

    २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न हुन्छ : मन्त्री ज्वाला

    काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले सो फास्ट ट्रयाक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको बताए।

    अब लामो समय नलगाउने गरी महँगो लागतमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ। ‘फास्ट ट्रयाकको लागत र समय बढेको छ, तर अब सरकारले समय निर्धारण गरेको छ’ उनले भने ‘वि।सं। २०८३ भित्र महँगो नै भएपनि निर्माण गर्ने योजना बनाएका छौं। समयमै फास्ट ट्रयाक निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले ढिला भएको उनको भनाइ छ।

    सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको उनले टिप्पणी गरे। बाहिर चर्चा भएजस्तो आफ्नो जिल्ला सल्यानमा धेरै बजेट नगएको उनले बताए। ‘भौतिक पूर्वाधार मन्त्रीको जिल्ला सल्यानमा धेरै बजेट भयो भन्दा आफू अन्यायमा परेको जस्तो लाग्छ’ उनले भने ‘सल्यान जिल्लामा बढी बजेट भयो भनेर जुन रुपमा प्रचार भएको छ। त्यो जिल्ला भित्रको मात्रैको चर्चा होइन। अलिकति छिमेकी जिल्लाको पनि छ। मैले सन्तुलित रुपमा नै बजेट बनाऔं, मेरो निर्वाचन क्षेत्र र जिल्लामा कुनैपनि हालतमा बढी हुनु हुँदैन भनेको छु। त्यसका बाबजुद केही योजनाहरु परेका छन् । तर केही योजनाहरुमा बढी चर्चा गरियो।

    मन्त्रालयले विभेदपूर्ण रुपमा बजेट कटौती गर्ने वा कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको उनको भनाइ छ। संघीय अन्तर्गतका सडकहरुमा पााच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको उनले बताए।