ओलीलाई भेटेर एमालेमा प्रवेश गरे जुम्ला कांग्रेसका पूर्वसभापति शाहीले - Chaitanya News
  • 2026-11-16
  • 07:47:02
  • सोमबार,मंसिर ०१, २०८३
  • ओलीलाई भेटेर एमालेमा प्रवेश गरे जुम्ला कांग्रेसका पूर्वसभापति शाहीले

    ओलीलाई भेटेर एमालेमा प्रवेश गरे जुम्ला कांग्रेसका पूर्वसभापति शाहीले

    काठमाडौं– नेपाली का‌ग्रेसका जुम्लाका पूर्वसभापति नारायण शाही एमालेमा प्रवेश गरेका छन्। हाल पार्टीको महासमिति सदस्यसमेत रहेका उनी सोमबार बिहान अध्यक्ष केपी ओली निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन्।

    अध्यक्ष ओलीले शाहीलाई एमालेमा स्वागत गरेका थिए। शाहीलाई पार्टी प्रवेश गराउन एमाले केन्द्रीय सदस्य दयालबहादुर शाही, मोहन बानियाँसहितका नेताहरू पनि बालकोट पुगेका थिए।