अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता - Chaitanya News
  • 2026-11-16
  • 07:47:17
  • सोमबार,मंसिर ०१, २०८३
  • अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

    अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

    काठमाडौं –  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

    सोमबार बिहान बालकोटमा उहाँहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा उहाँहरूले समसामयिक राजनीतिका विषयमा कुराकानी गरेका बताइएको छ ।

    यस्तै, उक्त भेटवार्तामा चौधरीले आफू जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा ओलीलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

    चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटवार्ता गरिसकेका छन् ।