संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी - Chaitanya News
  • 2026-11-16
  • 07:51:42
  • सोमबार,मंसिर ०१, २०८३
  • संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

    संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी : पदम गिरी

    काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन्। आइतवार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वडाले पनि विनियोजन गर्न नसुहाउने खालको बजेट केन्द्रिय सकरकारले विनियोजन गरेको आरोप लगाए।

    ‘वडाले पनि विनियोजन गर्न नसुहाउने खालको कार्यविधि केन्द्रिय सकरकारले विनियोजन गरेको छ। अहिलेको पुँजीगत खर्च जुन छ, साढे ३ खर्ब अराउण्डको। हामी त्यो भन्दा ठूलो आकारको वैदेशिक, आन्तरिक ऋण लिएर त्यो खर्च गर्दैछौँ। नियमित खर्च हाम्रो राजश्व परिचालनबाट धान्नसक्ने अवस्था छैन’ उनले भने, ‘यस्तो परिस्थितिमा हामीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गर्दैछौँ। खर्च प्रतिफल दिने ठाउँमा भएको छैन। हामीले ऋण काढेर घिउ खाने खालको कार्यक्रम बनाएका छौँ। हामीले यसबाट समृद्धिको एक पाइला पनि अघि बढाउन सक्दैनौँ।

    गिरीले बजेट प्रतिफल आउने ठाउँमा हुन नसकेको बताए। उनले सरकारले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिनसके मात्रै संघीयता बलियो बन्ने बताए। संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा प्रतिवद्ध हुनुपर्ने गिरीको भनाई छ। उनले भने, ‘हामीले संघीयतालाई कार्यान्वयन गर्ने हो भने सबैभन्दा पहिला वित्तीय संघीयतामा हामी प्रतिवद्ध हुनुपर्छ। हामीले बनाएका नीतिमा सरकार इमान्दारिताका साथ खरो रुपले उत्रिन सक्नुपर्छ।’ प्रमुख सचेतक गिरीले वैदेशिक ऋण, आन्तरिक ऋण उठाएर पुँजीगत खर्च गरेपनि प्रतिफल आउने ठाउँमा लगानी हुन नसकेको बताए।