ओलीलाई भेट्न च्यासल पुगे गौतम - Chaitanya News
  • 2026-11-16
  • 07:24:56
  • सोमबार,मंसिर ०१, २०८३
  • ओलीलाई भेट्न च्यासल पुगे गौतम

    ओलीलाई भेट्न च्यासल पुगे गौतम

    काठमाडौं– नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भेट्न च्यासल पुगेका छन्। राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतम आइतबार दिउँसो ओली भेट्न एमाले मुख्यालय च्यासल पुगेका हुन्।

    एमालेले ७० वर्षे उमेरहद हटाएको छ। यसपछि ओली(गौतम नजिकिएका छन्। यसअघि गौतमले एमालेले ७० वर्षे उमेरहद हटाएको खण्डमा पुनस् एमाले फर्किने बताउँदै आएका थिए।

    २०७४ सालमा बनेको नेकपा फुटेपछि एमालेबाट बाहिरिएका गौतम पुनस् एमालेमै फर्किने मनसायमा छन्। वामदेव एमालेमै फर्किने एमाले नेताहरूले बताएका छन्।