प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै सवा ५ बजे शपथ - Chaitanya News
  • 2026-11-16
  • 07:33:02
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै सवा ५ बजे शपथ

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, आजै सवा ५ बजे शपथ

    काठमाडौं– प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेका हुन्।

    शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

    संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो।

    आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन्।