नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउने - Chaitanya News
  • 2026-11-16
  • 07:31:12
  • सोमबार,मंसिर ०१, २०८३
  • नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउने

    नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउने

    काठमाडौं– नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो।

    शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गरेका हुन्।

    आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने भएको छ।
    शुक्रबार सरकारी वकिलहरूले राज्यविरुद्धको अपराधका अभियुक्तहरू भएकाले उनीहरूलाई छोड्दा प्रमाण नष्ट गर्ने सम्भावना भएकाले थुनामै राखेर थप अनुसन्धान अघि बढाउनुपर्ने माग इजलाससमक्ष राखेका छन्।