चार यारहरु मिलेर बजेट लुटेको सीके राउतको आरोप - Chaitanya News
  • 2026-11-16
  • 07:30:43
  • सोमबार,मंसिर ०१, २०८३
  • चार यारहरु मिलेर बजेट लुटेको सीके राउतको आरोप

    चार यारहरु मिलेर बजेट लुटेको सीके राउतको आरोप

    काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आर्थिक वर्ष २०८०८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।

    उनले बैंक लुटेजसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए। सरकारले लुट्ने क्रम जारी रहेको उनको भनाइ छ।

    अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताए। उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टपसमेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरीहता भएको बताए।

    उनले भने, ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको होजस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन। बजेट लुटेको होजस्तो स्पष्ट देखिन्छ। जसरी बैंक लुट्दाखेरी चार यारहरुले बैंक लुटेर लग्छन्, त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएकाजस्ता देखिन्छन्।

    बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ। चार यारहरु मिलेर, अध्याँरोमा गएर बाँडफाँट गरेकोजस्तो स्पष्ट रुपमा देखिन्छ। स्वभाविक हो। यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ। वैशाखमा बारामा मत पेटिका लुटे। जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ। लुट्ने प्रवृत्तिको क्रमिक रुपमा जारी नै छ।’